काठमाडौं- सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले खेलाडी र प्रशिक्षकलाई ६ लाख र अफिसियललाई जनही ३ लाख दिने निर्णय गरेको बताइन्। मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो।
खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए। मन्त्रिपरिषदले कार्यविधिमा भएकोभन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।