• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली खेलाडीको प्रदर्शनमा म खुशी छुः मोन्टी देशाई

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १९, २०८०  १७:५३
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षका मोन्टी देशाईले एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका छन्।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशियाकपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै सन्तुष्ट रहेको बताए। मोन्टी देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए। 

प्रशिक्षक देसाईले एशिया कप सम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरुले प्रमाणित गर्न निकै मेहनत गरेको बताए।

भारतीय मुलका प्रशिक्षक देशाईको आगामनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ। दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ। आईसीसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो।

यस्तै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताए। उनले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

एशिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको उनको भनाइ छ। प्रशिक्षकको योजना अनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको उल्लेख गरे।

अहिले एशियाकप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भए पनि एशिया कप हुनुपर्ने उनले बताए। यता फाइनल खेलमा युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्शन झाले योजना अनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए।

गुल्सन झाले तेस्रो नम्बरमा ब्याटिङ गर्दै धरासायी बनेको नेपालको इनिङलाई भीम सार्कीसँग साझेदारी गरेका थिए। उनले करियरकै उत्कृष्ट ब्याटिङ गरे। गुल्सन फाइनल खेलको प्लेयर अफ दि म्याच पनि घोषित भए। अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भूमिकालाई निर्वाह गरेको बताए।

उता प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए। नेपाली टोली अर्को श्रेणीमा उक्लिएको भन्दै उनले कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एशियाकप रहेको बताए।

नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीविरुद्ध जित निकाल्न निकै सहज भएकोसमेत लामिछानेले बताए।

यस्तै पराजित टोली यूएईका कप्तान मोहम्मद वासिमले नेपालविरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताए। उनले शुरुवात राम्रो भए पनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए। उनले योगफल झिनो भएकाले अपेक्षा अनुसार खेल हुन नसकेकोसमेत बताए।

नेपालमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए। आयोजक एसीसीले सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो। जसबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गरेका थिए। प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएका हुन्। यससँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाए पनि वर्षाले अवरुद्ध भएको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
सम्बन्धित सामग्री
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो। नेपालले अमेरिकालाई १२२ रनले हराएको हो। शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य जारी त्रिकोणात्मक सिरिजमा यो नेपाल र अमेरिकाबीचको दोस्रो तथा अन्तिम खेल हो । शुक्रबार, जेठ ८, २०८३
टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
ट्रम्प भित्र बसिरहेका बेला ह्वाइट हाउसबाहिर चल्यो गोली, बन्दुकधारी मारिए आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्