काठमाडौं- एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई सभामुख देवराज घिमिरेले बधाई दिएका छन्। उनले एसिया कपमा छनोट भएको नेपाली टिमलाई जितको अग्रिम शुभकामना समेत दिएका छन्।
एसीसी प्रिमियर कप जित्ने लगत्तै एक वक्तव्य जारी गर्दै सभामुख घिमिरेले भनेका छन्, ‘नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएको छ।’
सभामुख घिमिरेले यो जितले नेपाली क्रिकेटको व्यावसायिकीकरणमा थप सहयोग हुने विश्वास व्यक्त गर्दै खेलाडीलाई राज्यको तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण समेत गराएका छन्।
एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई पराजित गर्दै नेपाली टोली एसिया कपमा छनोट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।