काठमाडौं– दीपेन्द्र सिंह ऐरीको ठाउँमा मौका पाएका बलिङ अलराउण्डर गुलसन झाले नेपाली ब्याटिङलाई लयमा फर्काएका छन्। पावर प्लेमा धर्मराएको ब्याटिङ लयलाई सम्हाल्दै झाले अर्धशतक प्रहार गरेका छन्।
७५ बल सामना गरेका उनले ४ चौका र ६ छक्का प्रहार गर्दै अर्धशत पूरा गरे। उनलाई भीम सार्कीले ३० रन बनाएर साथ दिइरहेका छन्।
नेपालले १ रन जोड्दा नै पहिलो विकेट गुमाएको थियो। जम्मा ११८ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशले भुर्तेल ८ बल खेलेर एक रन जोड्दै आउट भएका थिए। अर्का ओपनर आशिफ शेख ८ रन बनाएर आउट भए।
कप्तान रोहित पौडेल पनि मात्र १ रनको व्यक्तिगत स्कोरमा आउट भए। रोहन मुस्तफाले कप्तान पौडेललाई स्टम्प आउट गरेका हुन्।
सोमबार वर्षाका कारण स्थगित भएको खेल मंगलबार जारी रहेको छ। सोमबार २७.३ ओभरमा खेल स्थगित हुनु अगाडि यूएईले १०६ रन बनाएको थियो। मंगलबार खेल पुन: सुरु भएकोमा यूएईले १० विकेट गुमाएर ३३.१ ओभरमा ११७ रन बनायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।