काठमाडौं– इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटको मैदानमा नोकझोक गरेको भन्दै भारतीय क्रिकेटर गौतम गम्भीर र विराट कोहलीलाई जरिवाना तिराइएको छ।
जरिवानामा पर्नेमा लखनउ सुपर जाइन्ट टिमका बलर नवीन उलहक पनि रहेका छन्। आइपीएलका तर्फबाट जारी एक विज्ञप्तिमा नियम उल्लंघन गरेकोमा १ म्याचको पैसा जरिवाना गरिएको बताइएको छ।
विराटलाई शतप्रतिशत म्याच रकम जरिवाना गरिएको छ। दुवै जनाले आईपीएलको आचारसंहिता उलंघन स्वीकार गरेका छन्।
यसैगरी बलर नवीन उल हकलाई ५० प्रतिशत जरिवाना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।