काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ। नेपालले ८ ओभरमा २२ रन बनाउँदा महत्त्वपूर्ण ३ विकेट गुमाएको छ।
नेपालका कप्तान रोहित पौडेल पनि मात्र १ रनको व्यक्तिगत स्कोरमा आउट भए। रोहन फुस्ताफले कप्तान पौडेललाई स्टम्प आउट गरेका हुन्।
नेपालले १ रन जोड्दा नै पहिलो विकेट गुमाएको थियो। जम्मा ११८ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशले भुर्तेल ८ बल खेलेर एक रन जोड्दै आउट भएका थिए। अर्का ओपनर आशिफ शेख ८ रन बनाएर आउट भए।
नेपालविरुद्ध अहिलेसम्म यूएईका रोहन फुस्ताफले २ र आयन खानले १ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।