काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब ईमिरेट्स (यूएई) नेपालविरुद्ध ११७ रनमा समेटिएको छ। मात्र १ विकेट बाँकी रहँदा मंगलबार पुन: ब्याटिङ सुरु गरेको यूएईले ३३.१ ओभरमा ११७ रन बनाउन सक्यो।
अब नेपाललाई जितका लागि ५० ओभरमा ११८ रन बनाउनुपर्ने भएको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
२७औं ओभरको बलिङ चलिरहँदा वर्षाका कारण खेल रोकिएको थियो। २७.३ ओभरमा यूएईले ९ विकेट गुमाउँदै १०६ रन बनाउँदा वर्षा भएपछि रोकिएको खेल मंगलबार पुन: सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।