काठमाडौं– सोमबार वर्षाका कारण स्थगित भएको एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको बीच सुरु भएको हो। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल सुरु भएको हो।
त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएर मैदान उत्रिएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो।
मंगलबार सोही स्थितिबाट यूएईले ब्याटिङ सुरु गरेको हो।
खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए। उनले ५४ बल खेल्दै १ छक्का र ७ चौका प्रहार गरेका थिए। त्यस्तै, आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाएका थिए।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका थिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए। गुलसन झा र सोमपाल कामीले १–१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।