काठमाडौं– नेपाल र यूएईबीच आज (मंगलबार) हुने क्रिकेट खेल हेर्न दर्शकले नयाँ टिकट काट्नु नपर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारको म्याचका लागि टिकट बिक्री नगरिने जनाएको छ।
क्यानले सोमबार नै टिकट काटेका दर्शकलाई प्राथमिकता दिइने जनाएको छ। सिट तथा ठाउँ बचेको अवस्थामा भने अन्य दर्शकलाई समेत प्रवेश गर्न दिइने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन्।
नेपाल र यूएईबीचको म्याच सोमबार वर्षाका कारणले स्थगित भएको स्थितिबाटै मंगलबार सुरु हुनेछ।
त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएर मैदान उत्रिएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। २७औं ओभर चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो।
मंगलबार पनि सोही स्थितिबाट यूएईले ब्याटिङ थाल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।