काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ। नेपाल क्रिकेट संघले ठूलो पानी परेका कारण खेल स्थगित गरिएको जनाएको छ।
खेल मंगलबार निरन्तर हुने क्यानले बताएको छ। भोलि यही अवस्थाबाट खेल सुरु हुनेछ। टस हारेर ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
मौसम सफा भएमा यही अवस्थावाट खेल सुरु गरिने छ। सम्भव नभएमा डिएल मेथडबाट ओभर घटाएर पनि खेलाइने छ। ओभर घटाउने पनि सम्भावना नदेखिएमा सुपर ओभरको खेल खेलाइने छ। यो पनि सम्भव नभएमा वरीयताक्रमको आधारमा विजेता घोषणा हुने छ। जसमा नेपाल स्वत: विजेता हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।