काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत यूएईविरुद्धको फाइनल खेलमा नेपालले नवौं विकेट लिएको छ। ललित राजबंशीले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा यूएईका नवौं ब्याटरलाई पेभिलियन फर्काए।
ललितले २ बलमा लगातार २ विकेट लिए। २७औं ओभरको दोस्रो बलमा यूएईका आसिफ खानलाई आरिफ शेखबाट क्याचआउट गराएका ललितले तेस्रो बलमा आरिफ शेखबाट यूएईका जाहूर खानलाई क्याचआउट गराए।
यूएईका लागि सर्वाधिक रनको योगदान दिएका आसिफ अर्धशतक बनाउनबाट चुके। ५४ बलको सामना गरेका आसिफले १ छक्का र ७ चौकाको मुद्दतमा ४६ रन बनाए। जाहूर खान शून्य रनमा आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।