ललित राजबंशी (फाइल तस्बिर)
काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत यूएईविरुद्धको फाइनल खेलमा नेपालले आठौं विकेट लिएको छ। ललित राजबंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा यूएईका आठौं ब्याटरलाई पेभिलियन फर्काए।
ललितले यूएईका आसिफ खानलाई आरिफ शेखबाट क्याचआउट गराए। यूएईका लागि सर्वाधिक रनको योगदान दिएका आसिफ अर्धशतक बनाउनबाट चुके।
५४ बलको सामना गरेका आसिफले १ छक्का र ७ चौकाको मुद्दतमा ४६ रन बनाए।
नेपालका लागि ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिएका छन्। यस्तै, सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।