फाइल तस्बिर
काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत यूएईविरुद्धको फाइनल खेलमा नेपालले सातौं सफलता हात पारेको छ। सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा यूएईका सातौं ब्याटरलाई पेभिलियन फर्काए।
सन्दीपले यूएईका ब्याटर आयान अफजल खानलाई कुशल मल्लबाट क्याचआउट गराए। २५औं ओभरको चौथो बलमा क्याचआउट भएका आयनले १२ बलमा मात्र ५ रन बनाउन सके।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिएका छन्। यस्तै, सोमपाल कामी, ललित राजबंशी र गुलसन झाले १–१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।