सोमपाल कामी (फाइल तस्बिर)
काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनलअन्तर्गत यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले ५ ओभर नखेल्दै यूएईका महत्वपूर्ण २ विकेट लिएको छ।
नेपालका लागि सोमपाल कामीले महत्वपूर्ण पहिलो विकेट लिए। सोमपालले यूएईका कप्तान मुहम्मद वसीमलाई आउट गरेका छन्।
तेस्रो ओभरको पहिलो बलमा सोमपालले ललित राजवंशीबाट वसीमलाई क्याचआउट गराए। ८ बलको सामना गरेका वसीम ११ रन बनाएर आउट भए।
वसीमपछि क्रिजमा आएका वृत्य अरविन्द ८ रनमा आउट भए। चौथो ओभरको पाँचौं बलमा करण केसीले अरविन्दलाई आसिफ शेखबाट क्याचआउट गराए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले यूएईविरुद्ध पहिले बलिङ गरिरहेको छ। एसीसी प्रमियर कपको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्न पाइनेछ। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।