काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रमियर कप क्रिकेटको फाइनलमा नेपालले संयुक्त अरब ईमिरेट्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
नेपालले आफ्नो प्लेइङ सेटमा परिवर्तन समेत गरेको छ। दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झालाई मौका दिइएको छ। झा फास्ट वलरका साथै ठुलो सट खेल्ने अलराउन्डर हुन्।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी
एसीसी प्रिमियर कपको आफ्नो अपराजित यात्रालाई कायम राख्दै नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यूएई पनि आफ्नो परिचित प्रतिद्वन्दी नेपाललाई घरेलु मैदानमा नै हराएर एसिया कपको यात्रा तय गर्ने लक्ष्यमा रहनेछ।
एसीसी प्रमियर कपअन्तर्गत नेपालले समूह चरणका ४ खेलमघ्ये ३ खेलमा जित र एउटामा बराबरी खेलेको छ। यस्तै, सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाका कारण रद्ध भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनमा आधारमा फाइनल पुगेको थियो।
यूएईले समूह चरणका ४ खेलमध्ये ३ मा जित र एउटामा हार बेहोरेको थियो। सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा २ रनले हराएर फाइनलमा स्थान बनाएको हो।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र यूएईबीच हालसम्म १३ वटा म्याच भएका छन्। जसमध्ये नेपाल ७ वटा खेलमा विजयी भएको छ। पछिल्लो पटकका ३ वटा म्याचमा नेपाल विजयी भएको छ।
एसीसी प्रमियर कपको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्न पाइनेछ। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।