काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र कुवेतबीचको खेल पानी परेपछि फेरि रोकिएको छ। खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो।
नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ। यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ।
कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।