काठमाडौं- वर्षाले अवरुद्ध एसीसी प्रिमियर कपको सेमिफाइनल खेल पुन: सुरु भएको छ। वर्षाका कारण ढिला भएकोले खेल ४२ ओभरमा झारिएको छ।
ब्याटिङ गरिरहेको नेपालले ३० ओभर खेल सकिँदासम्म ४ विकेटको क्षतिमा २०१ रन बनाएको छ। अहिले क्याप्टेन रोहित पौडेल र आरिफ सेखले ब्याटिङ गरिरहेका छन्।
रोहित ६० रन बनाउँदै क्रिजमा छन् भने आरिफ भर्खरै मैदानमा आएका छन्। नेपालले भर्खरै कुशल मल्लको विकेट गुमाएको छ। उनले ४४ बल खेल्दै ५७ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।