काठमाडौं- कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। २३.२ ओभरको समाप्तिपछि पानी पर्न थालेपछि खेल रोकिएको हो।
यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल, भीम सार्की र आसिफ सेख आउट भएका छन् भने कप्तान रोहित पौडेल र कुशल मल्ल मैदानमा छन्।
रोहितले ४० बल खेल्दै ३० रन बनाएका छन् भने कुशलले ३० बलको सामना गर्दै ३२ रन बनाएका छन्। टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।