काठमाडौं- एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्।
टियु क्रिकेट मैदान कीर्तिपुरमा अहिले ९ बजेबाट नेपाल र कुवेतबीच सेमिफाइनल खेल हुँदैछ। घरेलु टोली नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग गुमाएको थियो।
नेपालले कुवेत विरुद्धको सेमिफाइनल खेलमा गुलसन झालाई बेन्चमा राखेर करण केसीलाई स्थान दिएको छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।