काठमाडौं– मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू बुधबार बनेपास्थित डाबर नेपालका नर्सरीमा पुगेका छन्।
भ्रमणमा प्रतियोगीहरूले वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाएको कम्पनीले जनाएको छ।
सहभागीहरूले यहाँको विश्व स्तरीय हरित गृह सुविधाको पनि निरीक्षण गरेका थिए। डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएका र यी जडीबुटी डाबरका विभिन्न उत्पादनहरूमा पनि प्रयोग गर्दै आएका छन्।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ। हामीलाई विश्वास छ की प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुने छन्।
डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरित गृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा सङ्कटग्रस्त प्रजातिको प्रर्वद्धन र खेती गर्दछ र ५० वटा सहकारीमार्फत जडीबुटी खेती गरी किसानहरू को जीविकोपार्जनलाई वैकल्पिक श्रोतको रूपान्तरण दिएको छ। डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।