काठमाडौं- कुवेत समूह ‘बी’बाट एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। हङकङलाई ३० रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।
कुवेतले हङकङलाई दिएको २७३ रनको लक्ष्य पछ्याउने ५० ओभर खेल्दै हङकङ अलआउट भयो। कुवेतका लागि सिराज खान र उमेश पटेलले अर्धशतकीय पारी खेलेका थिए।
ओपनर एडनान इद्रिसले ४५ रन बनाए भने। कुवेतको रनरेट बढाउने क्रममा सायद मुनिबले १४ बलमा ३१ रन बनाए। हङकङले २३ रन एक्स्ट्रा दिएर कुवेतलाई योगदान गर्यो।
जवाफी ब्याटिङमा निजकत खानले ९७ बलमा ६० रनको योगदान गरे। अजिज खानले ५५ बलमा ४९ रन बनाए भने यसमी मुर्ताजले ४३ रनको योगदान गरेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
कुवेतका लागि शाहरुख कुद्दुसले उत्कृष्ट बलिङ गरे। ९ ओभर बलिङ गरेका उनले जम्मा २७ रन खर्चेर तीन विकेट लिए।
समूह बीको उपविजेता कुवेतले सेमिफाइनलमा नेपालको सामना गर्नेछ। नेपाल समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलका खेल शनिबार हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।