काठमाडौं- एसीसी प्रिमियर कपमा नेपालले कतारको आठौं विकेट लिएको छ। २२औं दोस्रो बलमा नेपालका सन्दीप लामिछानेले आठौं विकेट लिएका हुन्। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले खराब सुरुवात गरेको छ।
अहिलेसम्म नेपालका सन्दीपले ३, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिएका छन्।
टस हारेको नेपालले पहिला ब्याटिङ गरेको थियो। नेपाली ब्याट्सम्यानहरुले सम्मानजनक स्कोर खडा गर्न सकेका थिएनन्। सेमिफाइनलमा पुगेको नेपाल समूह विजेता हुने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।