काठमाडौं– एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले खराब सुरुवात गरेको छ ।
कतारले ११ ओभरको खेल सकिँदा ३३ रन बनाएर चार विकेट गुमाएको छ। नेपालका लागि सोमपाल कामीले २, सन्दीप लामिछाने र ललित राजवंशीले १/१ विकेट लिएका छन्।
टस हारेको नेपालले पहिला ब्याटिङ गरेको थियो। नेपाली ब्याट्सम्यानहरुले सम्मानजनक स्कोर खडा गर्न सकेका थिएनन्। सेमिफाइनलमा पुगेको नेपाल समूह विजेता हुने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।