काठमाडौं– एससी पुरुष प्रिमियर लिग क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको झिनो लक्ष्य दिएको छ। नेपालका लागि बलर सन्दीप लामिछाने बाहेक कसैको ब्याट चल्न सकेन।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि लामिछानेले अविजित ४२ रन जोडे। ५८ बल खेल्दै उनले ६ चौका प्रहार गरे।
नेपालका ओपनर कुशल भुर्तेल जम्मा दुई रन बनाएर आउट भए भने आसिफ शेख २७ बलमा १९ रन बनाएर बाहिरिए।
यसैगरी भीम सार्की १२ बलमा ६ रन बनाएर बाहिरिए भने रोहत पौडेलले ३६ बलमा २७ रन बनाए। सोमपाल कामी २७ बलमा ११, कुशल मल्ल ५ बलमा ३ रन बनाएर बाहिरिए भने आरिफ शेख २७ बलमा ११ रन बनाएर आउट भए।
दीपेन्द्र सिंह ऐरी १९ बलमा १२ रन, गुल्सन झा ९ बलमा ७ रनमै समेटिएपछि नेपाल थप संकटमा परेको हो। त्यसपछि ब्याटिङमा आएका लामिछाने केही सम्हालिए। टिकेर खेलिरहेका उनलाई ललित राजवंशीले साथ दिन सकेननन्। १७ बलमा एक रन बनाएर खेलिरहेका राजवंशी एलबीडब्लु धरापमा परेपछि नेपाल सस्तोमै समेटियो।
समूह चरणका कुनै खेल जित्न नसकेको कतारले नेपाललाई सस्तोमै समेट्ने क्रममा अमिर फारुकले ४ विकेट लिए। यसैगरी ओसि अहमदले तीन विकेट, ऊयन मुनावीराले २ र इकरामुल्लाह खानले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।