रोहित पौडेल (फाइल तस्बिर)
काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत कतारसँगको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १५.३ ओभर खेलेर मात्र ६३ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ।
नेपालले चौथो विकेट गुमाउँदा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट भएका छन्। १५.३ ओभरमा कतारका बलर ओसिस अहमदले रोहितलाई इमल लियानागेबाट क्याचआउट गराए।
पहिलो ओभरमै पहिलो विकेटका रुपमा कुशल भुर्तेल आउट भएका थिए। गायन मुनवीराले नै पहिलो ओभरको दोस्रो बलमा भुर्तेललाई खुर्राम शहजादबाट क्याचआउट गराएका थिए।
यस्तै, दोस्रो विकेटको रुपमा भीम सार्की १२ बलमा ६ रन बनाएर आउट भएका थिए। कतारका बलर गायन मुनवीराले तेस्रो ओभरको तेस्रो बलमा सार्कीलाई इमल लियानागेबाट क्याचआउट गराए।
तेस्रो विकेटको रुपमा ओपनर आसिफ शेख १९ बनाएर आउट भए। १२.४ ओभरमा इक्रामुल्लाह खानले मुहम्मद तनवीरबाट क्याचआउट गराए।
त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा टस जितेर कतार बलिङ गरिरहेको छ।
प्रतियोगितामा एउटा पनि जित निकाल्न नसकेको कतार नेपाललाई हराएर सुखद् ‘अन्त्य’ गर्न चाहन्छ। यसअघि नै सेमिफाइलन पुगिसकेको नेपाल भने कतारलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ।
समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको थियो। यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाइलन पुगिसकेको छ।
बिहीबारको खेलमा कतारलाई हराएर नेपाल समूह विजेता बन्ने छ। कतारलाई हराए नेपाल समूह विजेतको रुपमा ७ अंकका साथ सेमिफाइनलमा पुग्नेछ।
कतारसँगको खेलमा पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।