भीम सार्की (फाइल तस्बिर)
काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत कतारसँगको खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ।
दोस्रो बलरको रुपमा मैदान प्रवेश गरेका भीम सार्की १२ बलमा ६ रन बनाएर आउट भएका छन्। कतारका बलर गायन मुनवीराले तेस्रो ओभरको तेस्रो बलमा सार्कीलाई इमल लियानागेबाट क्याचआउट गराए।
यसअघि पहिलो विकेटमा रुपमा ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। गायन मुनवीराले नै पहिलो ओभरको दोस्रो बलमा भुर्तेललाई खुर्राम शहजादबाट क्याचआउट गराएका थिए।
त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा टस जितेर कतार बलिङ गरिरहेको छ।
प्रतियोगितामा एउटा पनि जित निकाल्न नसकेको कतार नेपाललाई हराएर सुखद् ‘अन्त्य’ गर्न चाहन्छ। यसअघि नै सेमिफाइलन पुगिसकेको नेपाल भने कतारलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ।
समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको थियो। यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाइलन पुगिसकेको छ।
बिहीबारको खेलमा कतारलाई हराएर नेपाल समूह विजेता बन्ने छ। कतारलाई हराए नेपाल समूह विजेतको रुपमा ७ अंकका साथ सेमिफाइनलमा पुग्नेछ।
कतारसँगको खेलमा पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।