काठमाडौं- पछिल्ला दिनहरुमा निराशापूर्ण कारोबार भएको सेयर बजार मंगलबार भने आशातित सुधार भएको छ। मंगलबारको कारोबार सकिँदा सेयर बजार १७.३६ ले वृद्धि भएर नेप्से परिसूचक १९०५.६८ कायम भएको छ।
यस्तै, पछिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकमको पनि वृद्धि भएको छ। आज ८८ करोड ५५ लाखको कारोबार भएको छ।
मंगलबार १६८ कम्पनीको मूल्य बढेको छ भने ४४ कम्पनीको मूल्य घटेको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
मंगलबार धेरै कमाउने कम्पनीमा तारागाउँ रिजेन्सी, खप्तड लघुवित्त, सिटिजन म्युचल फण्ड, सिद्धार्थ इन्सुरेन्स र माच्छापुच्छ्रे बैंक रहेका छन्। यस्तै, गुमाउनेहरुमा पिपुल्स पावर लिमिटेड, धौलागिरि लघुवित्त र केही म्युचल फण्डहरु रहेका छन्।
त्यस्तै, उपसमूह भने सबै हरिया भएका छन्। आज धेरै कमाउने उपसमूहमा होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र व्यापार रहेका छन्। यिनीहरु क्रमश: ६६.९७, ५७.३०, ७९.६३, ९५.४२ र १३.२२ अङ्कले बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।