काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।
सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा १,४०० मतान्तरले अग्रता लिएका छन्।
बारा २ मा १५ हजार ३११ मतगणनाहुंदा यादवले पाँच हजार ९९३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका कुशवाहाले चार हजार ५१२ मत प्राप्त गरेका छन्। २३२ मत भने बदर भएको छ।
यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले २ हजार ८३१ मत पाएका छन् भने रास्वपाका रमेश खरेलले एक हजार ८७ मत पाउँदा आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ४६४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।