काडमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
यादव ४ हजार ७१७ मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहको भने ३ हजार ८४३ मत रहेको छ। कुशवाहभन्दा उपेन्द्र यादव ८७४ मतले अगाडि छन्।
यस्तै तेस्रोमा रहेका एमालेका पुरुषोत्तम पौडेलले भने १ हजार ९३८ मत प्राप्त गरेका छन्। पौडेलभन्दा कुशवाह दोब्बर मतान्तरसहित अगाडि छन्।
यता चौथो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ७५२ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले ३११ मत प्राप्त गरेका छन्।
बारा–२ अपडेट
उपेन्द्र यादव (जसपा) : ४७१७
शिवचन्द्र कुशवाहा (जनमत) : ३८४३
पुरुषाेत्म पौडेल (एमाले) : १९६८
रमेश खरेल (रास्वपा) : ७५२
अरुण ज्ञवाली (आजपा) : ३११
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।