काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गठबन्धनका उम्मेदवारभन्दा करिब तेब्बर मतान्तरले अगाडि देखिएका छन्।
लामिछानेले २४ हजार ७७९ मतगणना हुँदा १५ हजार ८७४ मत प्राप्त गरेका छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठ भने एमालेभन्दा अघि लागेका छन्।
उनले ४ हजार १४५ मत प्राप्त गरेका छन्। यता एमालेका रामप्रसाद न्यौपानेले भने ३ हजार ९९९ मत पाएका छन्। मतगणना जारी छ। अहिलेसम्म भएको मतगणनामा ४३४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
चितवन-२ मतगणना अपडेट:
२४७७९ मत गणना, ४३४ मत बदर
भरतपुरको मतगणना जारी
रवि लामिछाने (घण्टी): १५८७४
रामप्रसाद न्यौपाने (सुर्य): ३९९९
जितनारायण श्रेष्ठ रुख): ४१४५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।