काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।
अहिलेसम्म भएको मतगणनामा यादवले ४ हजार २ ८८ मत प्राप्त गरेका छन्। यस्तै उनलाई पछ्याइरहेका राष्ट्रिय जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले भने ३ हजार ३ सय ९६ मत प्राप्त गरेका छन्।
तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार पुरषोत्तम पौडेलले भनर् १ हजार ८९५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल भने ७३५ मतसहित चौथो स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।