काठमाडौं– आइतबार भएको प्रतिनिधि सभा उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १२ हजार मत कटाएका छन्।
भरतपुर महानगरपालिका–१, २ र ३ वडाको मत गणना सकिसक्दा लामिछानेले १२ हजार मत कटाएका हुन्। यता एमाले र कांग्रेसका उम्मेदवारबीच भने दोस्रो हुनेमा प्रतिस्पर्धा चलिरहेको छ।
एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने दोस्रो स्थानमा रहँदा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठ भने तेस्रो नम्बरमा रहेका छन्।
अग्रस्थानमा रहेका लामिछानलेले १२ हजार ५४० मत पाएका छन्। एमालेका न्यौपानेले तीन हजार ५७५ मत पाउँदा श्रेष्ठले तीन हजार ५५५ मत पाएका छन्। यी दुई उम्मेदवारबीच २० मतको फरक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।