काठमाडौं– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा अहिलेसम्म सत्तारुढ गठबन्धनका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १० हजार मतान्तरले अगाडि देखिएका छन्।
अहिलेसम्म भएको ४३ हजार ७१ मत गणनामा रास्वपाका स्वर्णीम वाग्लेले २२ हजार २६० मत प्राप्त गरेर अग्रता बढाइरहेका छन्। यता दोस्रो स्थानमा रहेका गठबन्धनबाट उम्मेदवार बनेका गोविन्द भट्टराईले भने १२ हजार ९११ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत प्राप्त गरेका छन्। एमाले र कांग्रेसका उम्मेदवारले पाएको मत जोड्दा पनि स्वर्णीम एक्लैले पाएको मत २ हजार ७५६ बढी रहेको छ।
तनहुँ–१ अपडेट
मतगणना–४३०७१
स्वर्णीम वाग्ले– २२२६०
गोविन्द भट्टराई– १२९११
सर्वेन्द्र खनाल– ६५९३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।