काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन भएको तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले १५ हजार मत कटाएका छन्। उनले १५ हजार १३५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७३४ मत ल्याएर वाग्लेलाई पछ्याइरहेका छन्। नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पुर्याएका छन्।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।