काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा मतगणना जारी छ। अहिलेसम्म विभिन्न पालिकाका गरी १७ वटा वडाको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जानकारी दिएको छ।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमाले सर्वेन्द्र खनालले पछ्याइ रहेका छन्।
१७ वडाको २३ हजार १ मत गणना हुँदा वाग्लेले ११ हजार ६७७ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका भट्टराईले ६ हजार ७८७ र नेकपा एमालेका खनालले ३ हजार ८०२ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भट्टराईभन्दा ४ हजार ८९० मतले अगाडि छन्। रास्वपा उम्मेदवार वाग्लेले कांग्रेस र एमालेका उम्मेदवारले प्राप्त गरेको कूल मतभन्दा बढी मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।