काठमाडौं– प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत चितवन २ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक सुरु भएको छ। बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि झण्डै २ घण्टा ढिला गरी सुरु भएको हो।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने छ।
त्यहाँ रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको र त्यसको निर्क्यौल भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने कांग्रेसको अडान छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन- २ मा रास्वपाका रवि लामिछाने विजयी भएका थिए। तर नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पद गुमाएका कारण पुनः निर्वाचन भएको हो।
यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।