काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) २ खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी रंगशाला (माथिल्लो मैदान)मा खेल हुन लागेका हुन्।
मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ।
खेल बिहान ९ बजेदेखि सुरु हुन कार्यतालिका रहेपनि वर्षाका कारण केही ढिलाइ भएको छ। वर्षाका कारण दुवै मैदानमा टस समेत हुन सकेको छैन।
नेपालले आफ्नो तेस्रो खेलमा साउदीको प्रतिस्पर्धा गर्न लागेको हो। आजको खेलमा साउदीलाई हराए नेपालले १ खेल अगावै सेमिपाइनलमा स्थान बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।