चितवन २ मतगणनास्थल काठमाडौं– उपनिर्वाचन भएको चितवन- २ को मतगणना सुरु हुनुअघि सोमबार बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने भएको छ।
‘... सर्वपक्षीय बैठक २०८० बैशाख ११ गते बिहान ८:०० बजे बस्ने भएकाले सो बैठकमा सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि गरी २ जनाका दरले उपस्थितिका लागि अनुरोध गरिन्छ,’ सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यद्वारा जारी सूचनामा भनिएको छ।
त्यहाँ रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको र त्यसको निर्क्यौल भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने कांग्रेसको अडान थियो।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन- २ मा रास्वपाका रवि लामिछाने विजयी भएका थिए। तर नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पद गुमाएका कारण पुनः निर्वाचन भएको हो।
यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।