काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रमियर कप क्रिकेटमा नेपालले आज तेस्रो खेल खेल्दैछ।
नेपालले मुलपानी क्रिकेट मैदानमा संयुक्त साउदी अरेबियाको सामना गर्दैछ। नेपाल र साउदीको खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ।
उपाधि जित्दै एसिया कप खेल्ने योजनामा रहेको नेपाल सोमबारको खेलमा साउदीलाई हराएर १ खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ। नेपालले यसअघिका दुवै खेल जितेको छ।
साउदी पनि नेपाललाई हराएर सेमिफाइनलको यात्रा बलियो बनाउने योजनाका साथ मैदान उत्रिनेछ।
नेपाल र साउदीबीच अहिलेसम्म एउटा मात्रै खेल भएको छ। सन् २०१२ भएको खेलमा नेपाल विजयी थियो। एसीसी ट्रफि एलिटमा भएको प्रतिस्पर्धामा नेपालले साउदीलाई ९ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।