काठमाडौं– तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो मतान्तर झनै बढाएका छन्। सोमबार बिहान ६ बजेसम्मको अपडेट अनुसार दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा वाग्लेको मत झन्डै तीन गुणा छ।
यस्तो छ पछिल्लो मत अपडेटः
स्वर्णिम वाग्ले/रास्वपा- ५०१९
गोविन्द भट्टराई/कांग्रेस- २३५१
सर्वेन्द्र खनाल/एमाले- १५४९
सर्वदलीय बैठकपछि आइतबार रातिदेखि नै तनहुँ- १ को मतगणना सुरु गरिएको थियो।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। तर उनी राष्ट्रपति भएसँगै वैशाख १० मा उपनिर्वाचन गरिएको हो।
चितवन- २ र बारा- २ मा गरिएको उपनिर्वाचनको मतगणना भने सुरु भएको छैन। त्यहाँ सोमबारदेखि मतगणना गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।