काठमाडौं– चितवन–२ र बारा–२ मा भइरहेको उप–निर्वाचनमा दिउँसो ३ बजेसम्म ५१ र ४५ प्रतिशत मतदान भएको छ।
चितवनका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको बताएका छन्।
बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बारामा ४५ प्रतिशत मत खसेको जानकारी दिएका छन्। तनहुँ –१मा पनि ४५ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।