काठमाडौं– नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो।
कीर्तिपुर मैदानमा हुने ५० ओभरको खेलमा यो स्कोर अहिलेसम्मकै उच्च हो। यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो।
यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले। २२ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरे।
१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने। वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए। उनले ९ चौका र १६ छक्का हानेका थिए। आयान अफजल खानले ५० बलमा ७४ रन बनाए।
यता मुलपानी क्रिकेट मैदानमा भइरहेको अर्को खेलमा भने मलेसियाले ओमानलाई २२८ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।