काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा रवीन्द्र जडेजाको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ। चेन्नईको जितमा ब्याट्सम्यान डेवोन कोवेको ७७ रनको योगदान रह्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो। जवाफमा चेन्नईले एक ओभर २ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। चेन्नईका लागि न्युजिल्यान्डका कोवेले ५७ बलको सामना गर्दै ७७ रन बनाए। उनले १२ चौका प्रहार गरे।
यस्तै ऋतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए। कोवे र गायकवाडले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। यी दुई खेलाडीले पावरप्लेमा ५० रन जोडेका थिए।
यो जितसँगै चेन्नई ६ म्याचमा ८ अंक जोड्दै तेस्रो स्थानमा छ। राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्सको पनि ६ म्याचमा ८-८ अंक नै छ तर रेनरेटका आधारमा यी दुई टिम पहिलो र दोस्रो स्थानमा छन्। राजस्थान भने ६ खेलमा चार अंकका साथ नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।