काठमाडौं- एसीसी प्रिमियर कप अनतर्गत ओमनविरुद्ध नेपालले ८४ रनको जित हात पारेको छ। त्रिविस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाललाई ओमनलाई हराउँदै लगातार दोस्रो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। ३११ रनको विशाल लक्ष्यको पाएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमै समेटियो।
ओमानलाई ब्याटिङ धरासायी बनाउने क्रममा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट, दीपेन्द्रसिंह ऐरीले २, ललित राजवंशले १ विकेट लिए।
दीपेन्द्रसिंह ऐरीले सन्दीप गौड र आयन खानको विकेट लिए। गौडले ५६ बलमा ४६ र २८ बलमा २९ रन बनाएका थिए। ऐरीले गौडलाई सोमपाल कामी र आयनलाई आरिफ शेखबाट क्याच आउट गराएका थिए।
सन्दीप लामिछानेले तीन विकेट लिए। सन्दीपले कस्यप प्रजापति, आदिल सिंह र जिस्मन माक्वीडको विकेट लिएका थिए। प्रजाजतिले ३५ बलमा २५ र आदिललले ३३ बलमा १३ रन बनाएर आउट भए। उनीहरु दुबैलाई सन्दीपले एलबीडब्लु आउट गराएका थिए । जिस्मन भने सुन्य रनमा आउट भए।
ललितले जतिन्दर सिंहको विकेट लिएका थिए। उनलाई १५ रनमा ललितले आउट गरेका थिए। ओमनले २३ ओभरको साप्तीमा ९९ रन बनाउँदा पाँच विकेट गुमाएको छ।
करण केसीले फायज बुट, केलिमुल्लाह र मोहम्मद नादिमको विकेट लिए। ८४ बलमा ६५ रन बनाएर खेलिरहेका मोहम्मद नादिमको विकेट लिए। केसीको बलमा कप्तान रोहित पौडेलले नादिमलाई क्याच आउट गरे।
ललित राजवंशीले पनि १ विकेट लिए। उनले ओपनर ब्याट्म्यान जतिन्दर सिंहलाई आउट गरेका थिए। १२ बलमा १५ रन बनाएका सिंह राजवंशीको बलमा बोल्ड भएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ओमनलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनाएको थियो। सोमपाल कामीले नटआउट रहँदै ४८ बलमा ६३ रन बनाए। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।
६४ बल खेल्दै कुशल मल्लले १० छक्का र ९ चौकाको मद्दतमा १०८ रन बनाएका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए।
कप्तान रोहित पौडेलले २३ र भीम सार्कीले ३४ रन बनाएर आउट भएका थिए। नटआउट रहँदै करण केसीले २९ रन जोडेका थिए भने सन्दीप लामिछानेले ८ र दीपेन्द्र सिंह ऐरीले ७ रनको यागदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।