काठमाडौं- एसीसी प्रिमियर कप अनतर्गत ओमनविरुद्ध नेपालले सातौं विकेट लिएको छ। करण केसीले ८४ बलमा ६५ रन बनाएर खेलिरहेका मोहम्मद नादिमको विकेट लिए।
केसीको बलमा कप्तान रोहित पौडेलले नादिमलाई क्याच आउट गरे। ओमान ४३ ओभरको समाप्तीमा २१० र बनाएर खेलिरहेको छ भने सातौं विकेट गुमाएको छ। नेपालका लागि सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २, करण केसी र ललित राजवंशी समान एक÷एक विकेट लिएका छन्।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ओमनलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनाएको थियो । सोमपाल कामीले नटआउट रहँदै ४८ बलमा ६३ रन बनाए। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।
६४ बल खेल्दै कुशल मल्लले १० छक्का र ९ चौकाको मद्दतमा १०८ रन बनाएका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए।
कप्तान रोहित पौडेलले २३ र भीम सार्कीले ३४ रन बनाएर आउट भएका थिए। नटआउट रहँदै करण केसीले २९ रन जोडेका थिए भने सन्दीप लामिछानेले ८ र दीपेन्द्र सिंह ऐरीले ७ रनको यागदान गरेका थिए।
८४ बलमा ६५ रन बनाएर नादिम आउट । करन केसीको बलमा कप्तान रोहित पौडेलले क्याच आउट गरेका हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।