काठमाडौं- एसीसी प्रिमियर कप अनतर्गत ओमानविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ओमनका आयन खानको विकेट लिएसँगै ओमानले पाँचौ विकेट गुमाएको हो।
यसअघि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने ललित राजवंशीले १ विकेट लिएका थिए। सन्दीपले कस्यप प्रजापति, आदिल सिंह र जिस्मन माक्वीडको विकेट लिएका थिए। प्रजापतिले २५ र आदिललले १५ रन बनाएर आउट हुँदा जिस्मन सुन्यमा आउट भए।
ललितले जतिन्दर सिंहको विकेट लिएका थिए। उनलाई १५ रनमा ललितले आउट गरेका थिए। ओमनले २३ ओभरको साप्तीमा ९९ रन बनाउँदा पाँच विकेट गुमाएको छ। यसअघि पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनाएको थियो। सोमपाल कामीले नटआउट रहँदै ४८ बलमा ६३ रन बनाए। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।
६४ बल खेल्दै कुशल मल्लले १० छक्का र ९ चौकाको मद्दतमा १०८ रन बनाएका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए।
कप्तान रोहित पौडेलले २३ र भीम सार्कीले ३४ रन बनाएर आउट भएका थिए। नटआउट रहँदै करण केसीले २९ रन जोडेका थिए भने सन्दीप लामिछानेले ८ र दीपेन्द्र सिंह ऐरीले ७ रनको यागदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।