काठमाडौं– नेपाली ब्याट्म्यान कुशल मल्लले ओमनविरुद्ध खेल्दा कीर्तिमान बनाएका छन्। एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा आक्रमक ब्याटिङ गर्दै कुशलले कीर्तिमान बनाएका हुन्।
सर्वाधिक छिटो सतक बनाउने नेपाली खेलाडीको सूचीमा मल्लले आफ्नो नाम लेखाए। ५९ बलमा सतक पूरा गर्दै मल्लले उक्त कीर्तिमान बनाए। कुनै पनि नेपाली ब्याट्सम्यानले ओडीआईमा बनाएको यो सर्वाधिक छिटो शतक हो।
यसअघि ९१ बलमा सतक पूरा गरेर सर्वाधिक छिटो सतक बनाउने खेलाडी रोहित पौडेल थिए। नेपाली कप्तान पौडेलको कीर्तिमानलाई कुशलले शुक्रबार तोडे। कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै सतक पूरा गरे।
कुशलले डेब्यु एकदिवसीय खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाका थिए। त्यो समय उनी एकदिवसीय खेलमा अर्धशतक बनाउने कान्छा खेलाडी (१५ वर्ष ३४० दिन उमेर) बने। त्यसअघि उक्त किर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो।
एक दिवसीयमा सतक प्रहार गर्ने कुशल नेपालका छैटौं ब्याट्सम्यान हुन्। यसअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि शतक प्रहार गरिसकेका छन्।
कुशलले ओडीईको ३५ इनिङ खेलेका छन्। जसमा उनले ७७२ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।