काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्धको खेलमा सोमपाल कामीले पनि अर्धशतक पूरा गरेका छन्। उनले ३९ बलमा ५० रन बनाएका हुन्।
कुशल मल्लपछि सोमपालको उत्कृष्ट ब्याटिङसँगै नेपाल राम्रो लक्ष्यतर्फ अघि बढेको छ। नेपालको ब्याटिङ लाइन धरमराएका बेला मल्लले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरेका थिए। नेपालले सातौं विकेट गुमाउँदा मल्ल १०८ रन बनाएर आउट भए। ६४ बल सामना गरेका मल्लले १० छक्का र ९ चौका प्रहार गरे।
एकदिवसीय खेलमा मल्लको पहिलो शतक हो। उनले ५ वटा अर्धशतक बनाएका छन्।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।