काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्ध नेपालका लागि कुशल मल्लगले अर्धशतक पार गरेका छन्। नेपालको ब्याटिङ लाइन धरमराएका बेला उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
मल्लले ६ चौका र ४ छक्का प्रहार गर्दै जम्मा ३१ बलमा ५० रन पूरा गरेका हुन्।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको थियो। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए।
कप्तान रोहित पौडेल र भीम सार्कीले नेपाललाई लयमा ल्याउने प्रयास गरे। पौडेल २३ र सार्की ३४ रन बनाएर बाहिरिए।
अहिले मल्ललाई आरिफ शेखले साथ दिइरहेका छन्। शेखले ३९ बलमा २८ रन बनाएर क्रिजमा टिकिरहेका छन्।
आजको खेलमा नेपालले आफ्नो प्लेइङ सेटमा केही परिवर्तन पनि गरेको छ। गुल्सन झाको ठाउँमा करण केसीलाई मौका दिइएको छ। झा र केसी दुवै तीव्र गतिका बलर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।