काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोज्ने निर्णय गरेको थियो।
नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका छन्। ८ बल खेलेर कुनै रन नबनाएका कुशल बिलाल खानबाट एलबीडब्लु बोल्ड भए भने आसिफ कलीमुल्लाहबाट बोल्ड भए। उनले १० बल खेल्दा कुनै रन बनाउन सकेनन्।
अहिले भीम सार्की र कप्तान रोहित पौडेले क्रिजमा छन्। आजको खेलमा नेपालले आफ्नो प्लेइङ सेटमा केही परिवर्तन पनि गरेको छ। गुल्सन झाको ठाउँमा करण केसीलाई मौका दिइएको छ। झा र केसी दुवै तीव्र गतिका बलर हुन्।
नेपाल र ओमान दुवै प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ओमानले कतारलाई ४० रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।